(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा सो अन्तर्गत जारी
भएको आदेश वा निर्देशन वा परिपत्र वा सूचना वा बैङ्कले तोकिदिएको कुनै प्रक्रिया विपरीत
कुनै व्यक्तिले कुनै काम गरेमा सो काम गरे बापत भएको कसूरसँग सम्बन्धित विदेशी
विनिमय जफत गरी त्यस्तो व्यक्तिलार्ई विगोबमोजिमको जरिवानादेखि बिगोको तीन
गुणासम्म थप जरिवाना हुनेछ ।
तर त्यस्तो कसूरसँग सम्बन्धित विदेशी विनिमय जफत गर्न नमिल्ने अवस्थाको
कसूरहरूको सम्बन्धमा सो कसूरसँग सम्बन्धित विदेशी विनिमयको बिगो कायम गरी त्यसरी
कायम हुन आएको बिगो बमोजिमको जरिवानादेखि बिगोको तीन गुणासम्म थप जरिवाना
हुनेछ ।
(२) उपदफा (१) बमोजिम बिगो कायम गर्र्दा बिगोको रकम खुल्न वा खुलाउन
नसकिने अवस्था आईपरेमा कसूरका मात्रा हेरी दुई लाख रूपैयाँसम्म जरिवाना हुनेछ ।
(३) यस ऐन बमोजिमका काम कुराहरू गर्न, निरीक्षण गर्न तथा अनुसन्धानका
निमित्त खटिएका कर्मचारीहरूले बदनियतपूर्ण कार्य गरी ऐनको उल्लङ्घन हुने कुनै कार्य
गरेमा वा गोप्यता भङ्ग गरेमा त्यस्तो कार्य गर्ने कर्मचारीलार्ई कसूरको मात्रा हेरी एक लाख
रूपैयाँसम्म जरिवाना हुनेछ ।
(४) यस ऐन बमोजिम सजाय हुने कसूर कुनै फर्म, कम्पनी, संस्थाबाट भएकोमा सो
कसूर हुँदाको बखत सो फर्म, कम्पनी, संस्थाको सो कसूरसँग सम्बन्धित कामको जिम्मा लिने
सञ्चालक, पदाधिकारी, कर्मचारी वा एजेण्ट सजायको भागी हुनेछ ।
तर कसूर भएको कुरा त्यस्तो सञ्चालक, पदाधिकारी, कर्मचारी वा एजेण्टलार्ई
जानकारी हुन सक्ने अवस्था नभएको वा त्यस्तो कसूर रोक्ने निजहरूले यथासम्भव प्रयास
गरेको हो भन्ने कुराको प्रमाण पेश गर्न सकेमा निजहरूले यस उपदफा बमोजिम सजायको
जवाफदेही बहन गर्नुपर्ने छैन ।
(५) दफा ८ बमोजिम पठौरीको सम्बन्धमा गर्नुपर्ने काम कुराहरू नगरी वा पु¥याउनु
पर्ने प्रक्रियाहरू नपु¥याई वा अधिवीजकीकरण गरी पैठारी गरेको वा निर्धारित अवधिभित्र
मालसामान पैठारी नगरेको वा पैठारी गर्नुपर्ने मालसामान पैठारी नगरेको पैठारीकर्तालार्ई
सम्बन्धित पैठारीको बिगो कायम गरी त्यसरी कायम हुन आएको बिगो बमोजिमको
जरिवानादेखि बिगोको तीन गुणासम्म थप जरिवाना हुनेछ ।
(६) दफा ९क., ९ख. र ९ग. को विपरीत कसूर गर्ने निकासीकर्तालार्ई निकासी गरेको
मालसामानको बिगो बमोजिमको जरिवानादेखि बिगोको दुई गुणासम्म थप जरिवाना हुनेछ ।
(७) उपदफा (५) र (६) बमोजिमको कसूर गर्न मतियार हुने वा मद्दत पु¥याउने
व्यक्तिलार्ई उपदफाहरूमा उल्लिखित सजायको आधा सजाय हुनेछ ।
(८) यस दफा बमोजिम भएको जरिवानाको रकम भुक्तानी नगरेमा त्यस्तो व्यक्तिलार्ई
जरिवानाको मात्रा अनुसार चार वर्षसम्म कैदको सजाय हुन सक्नेछ ।
(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी विनिमयसँग
सम्बन्धित कसूरको विगो रकम एक करोड रूपैयाँ वा सोभन्दा बढी भएमा त्यस्तो व्यक्तिलार्ई
हुने अन्य सजायको अतिरिक्त तीन वर्षसम्मको कैद सजाय समेत थप हुनेछ ।
(१०) अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले पक्राउ गरेको व्यक्तिलार्ई र
मुद्दाको सिलसिलामा सम्बन्धित अदालतले आरोपित व्यक्तिसँग कसूरको बिगो रकम एक लाख
रूपैयाँसम्म भएका कसूरहरूको हकमा हाजिर जमानीमा र कसूरको बिगो रकम एक लाख
रूपैयाँभन्दा बढी भएका कसूरहरूको हकमा कसूरको बिगो बमोजिम धरौटी लिई वा कसूरको
मात्रा बमोजिम कायम गरिएको बिगो बमोजिमको धरौटी लिई तारेखमा राखी कारबाही
चलाउन सक्नेछ ।
(११) कुनै पनि संवैधानिक निकायको प्रमुख वा सदस्य वा राजनीतिक नियुक्तिको
पदमा बहाल रहेको कुनै व्यक्तिले यस ऐन बमोजिम कसूर हुने कुनै काम गरेमा त्यस्तो काम
गर्ने अन्य व्यक्तिलार्ई हुने सजायको दोब्बर सजाय हुनेछ ।
तर कैद सजायको हकमा थप दुई वर्षभन्दा बढी सजाय हुनेछैन ।
(१२) उपदफा (१०) बमोजिम धरौटी दाखिला नगर्ने व्यक्तिलार्ई थुनामा राखी कारबाही
चलाउनु पर्नेछ ।