दफा १४१
दण्ड सजाय
(१) कसैले दफा १४० को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर गरेमा बिगो जफत गरी बिगोको तेब्बर जरिबाना र त्यस्तो व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद हुनेछ।
(२) कसैले दफा १४० को उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिमको कसुर गरेमा बिगो जफत गरी बिगो बराबरको जरिबाना वा तीन वर्षसम्म कैद हुनेछ।
(३) कसैले दफा १४० को/उपदफा (१) को खण्ड (ङ), (च), (छ) र (ज) बमोजिमको कसुर गरेमा बिगो जफत गरी देहाय बमोजिमको सजाय, हुनेछ:-
(क) दश लाख रुपैयाँसम्म बिगो भए एक बर्षसम्म
कैद,
(ख) दश लाख; रूपैयाँभन्दा बढी पचास लाख
रूपैयाँसम्म बिगो भए दुई बर्षसम्म कैद,
(ग) पचास लाख रुपैयाँभन्दा बढी एक करोड
रूपैयाँसम्म बिगो भए तीन बर्षसम्म कैद,
(घ) एक. करोड रूपैयाँभन्दा बढी जतिसुकै बिगो भए
तीन बर्षदेखि पाँच बर्षसम्म कैद ।
(४) दफा १४० को उपदफा (१) को खण्ड (झ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ।
(५) दफा १४० को उपदफा (२) को कसुर गर्ने व्यक्तिलाई बिगो बमोजिमको जरिबाना र पाँच बर्ष सम्म कैद हुनेछ। (६) यस दफाको प्रयोजनको लागि बिगो कायम गर्दा कारोबार भएको सम्पूर्ण रकमलाई हिसाब गरी बिगो कायम गर्नु पर्नेछ ।
(७) यस दफा बमोजिम बिगो कायम गर्न- नसकिने अवस्था भएकोमा कसुरको मात्रा हेरी दश /लांख रूपैयाँसम्म जरिबाना र दुई बर्षसम्म कैद हुनेछ।
(८) यस दफा बमोजिम सजाय हुने कार्य कुनै सङ्गठित संस्थाले गरेमा त्यस्तो कसुरजन्य कार्य: गर्ने सम्बन्धित सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी वा कर्मचारीलाई सजाय हुनेछ।