दफा २६
दण्ड सजाय
: बि(१) गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने




2। दिने तथा गैंडाको खाग वा कस्तुरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, ४ खरिद गर्ने, बिक्रि गर्ने वा ओसारपसार गर्ज्ने व्यक्तिलाई ₹पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्मजरिबाना वा पाँच वर्ष देखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

कै(१क) राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा संरक्षण क्षेत्रलाई कुनै किसिमले अतिक्रमण वा कब्जा गर्ने वा बिक्री गर्ने वा सोको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि, नोक्सानी वा क्षति पुब्याउने व्यक्तिलाई दश वर्षसम्म कैद वा दशलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

ब|(२) उपदफा (१) मा लेखिएका वन्यजन्तु बाहेक अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई ४ एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा एक वर्ष देखि दश वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(३) राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई पंक्षी र माछा बाहेक अन्य वन्यजन्तु शिकार गरी मारेमा वा घाइते बनाएमा बीस हजार रुपैंयादेखि पचास हजार रुपैंयासम्म जरिवाना वा छ महिना देखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(४) संरक्षित पंक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा पन्ध्र हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना वा तीन महिना देखि नौ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

(४) राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई संरक्षित पंक्षी बाहेक अन्य पंक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा बीस हजार रुपैयाँ देखि पचास हजार रुपैयाँसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । ७(५क) दफा ५ को उपदफा (१) को खण्ड (ख) अन्तर्गतको कसूर गर्नेलाई बीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तो कसूर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए सो बापत हुने सजाय समेत हुनेछ । ७(५ख) दफा ५ को खण्ड (ङ), (च) वा (छ) अन्तर्गतको कसूर गर्नेलाई देहाय बमोजिम सजाय हुनेछ ?- (क) एक हजार रुपैयाँसम्मको विगो भए विगो बमोजिमजरिबाना, (ख) एक हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्मको विगो भए विगो बमोजिम जरिबाना वा छ महिनासम्म कैद वा दुवै, (ग) दश हजार रुपैयाँ भन्दा बढीको विगो भए विगोको दोव्बर जरिबाना वा एक वर्षसम्म कैद वा दुवै । ७(शग) कसैले यस ऐन अन्तर्गत इजाजत प्राप्त नगरी वन्यजन्तु पालन वा प्रजनन्‌ गरे गराएमा वा चिडियाखाना सञ्चालन गरेमा छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । ७(५घ) कसैले यस ऐन अनुसार कसूर हुने कुनै अपराधको उद्योग गरेमा त्यस्तो उद्योग गर्नेलाई संरक्षित वन्यजन्तु सम्बन्धी अपराधको उद्योग भए कसूरदारलाई भए सरह र अन्य वन्यजन्तु सम्बन्धी अपराधको उच्चोग भए कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ । (६) उपदफा (१), (२), (३), (४) र (५), ४(५क) (५ख) र (५ग) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरित कस्र गर्ने । । व्यक्तिलाई बिगो कायम भएकोमा बिगोको दोब्बर जरिवाना र एक वर्षसम्म कैद र बिगो कायम नभएको कसूरमा कसूरको मात्रा हेरी बीस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।