दफा १३
दरखास्त उपर कारबाही र दर्ताको प्रमाणपत्र
(१) दफा १२ बमोजिम पर्न आएको दरखास्त उपर
रजिष्ट्रारले आवश्यक जाँचबुझ गरी दर्ता किताबमा नाम दर्ता गर्न सम्बन्धित समितिमा पेश गर्नु
पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश हुन आएको दरखास्त उपर सम्बन्धित समितिले योग्यता
सम्बन्धी उपाधि मान्यता प्राप्त हो होइन र दरखास्त रीतपूर्वकको छ छैन भन्ने कुराको समेत
जाँचबुझ गरी पन्ध्र दिनभित्र परिषद्समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम समितिले पेश गरेको प्रतिवेदनको आधारमा परिषद्ले
दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गर्ने नगर्ने कुराको निर्णय गर्नेछ ।
(४) उपदफा (३) बमोजिम परिषद्ले दरखास्तवालाको नाम दर्ता हुने निर्णय गरेकोमा
रजिष्ट्रारले त्यस्तो दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गरी निजलाई तोकिएको ढाँचामा
दर्ताको प्रमाणपत्र दिनु पर्नेछ । परिषद्ले दरखास्तवालाको नाम दर्ता नगर्ने निर्णय गरेकोमा
रजिष्ट्रारले त्यसको जानकारी दरखास्तवालालाई दिनु पर्नेछ ।