नियम ९
दरखास्त स्वीकृत गर्ने
(१) नियम ८ बमोजिम पर्न आएको दरखास्त जाँचबुझ गर्दा रीतपूर्वकको दरखास्त भए नभएको, कागजात तथा दरखास्त दस्तुर संलग्न भए नभएको र ऐनको अनुसूची बमोजिमको योग्यता पूरा भए नभएको सम्बन्धमा रजिष्ट्रार वा निजले तोकेको अधिकृतले जाँचबुझ गर्नेछ।
(२) उपनियम (१) बमोजिम . जाँचबुझ. गर्दा थप कागजात माग गर्न आवश्यक देखिएमा रजिष्ट्रार वा निजले तोकेको अधिकृतले दरखास्तवालासँग त्यस्तो कागजात माग गर्न सक्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम दरखास्त तथा कागजात जाँचबुझ गर्दा उपयुक्त देखिएमा दरखास्तवालालाई ऐनको दफा १९ बमोजिम लिइने परीक्षामा सहभागी हुन पाउने गरी स्वीकृति दिनेछ।
(४) उपनियम (१) बमोजिम दरखास्त जाँचबुझ गर्दा दरखास्तवालाको नाम स्वीकृत हुन सक्ने अवस्था नभएमा वा उपनियम (२) बमोजिम माग गरेको कागजात दरखास्तवालाले पेस नगरेमा सोको कारण खुलाई रजिष्ट्रार वा निजले तोकेको अधिकृतले सम्बन्धित दरखास्तवालालाई अनुसूची-३ बमोजिमको ढाँचामा ऐनको दफा १९ बमोजिमको परीक्षामा सहभागी हुन नसक्ने जानकारी दिनु पर्नेछ।