नियम १४
दरखास्तको छानवीन प्रवेश पत्र आदि सम्बन्धी व्यवस्था
(१) नियम १३ बमोजिम पर्न आएका दरखास्त छानवीन गर्दा रीत पुगेको देखिएमा आयोगले सम्बन्धित उम्मेदवारलाई प्रवेशपत्र दिनु पर्नेछ ।
(२) आयोगले सामान्यतया कुनै पनि दरखास्त शर्त राखी स्वीकृत गर्ने छैन ।
(३) यस नियमावली बमोजिम विज्ञापन वा परीक्षा रद्द गरिएमा वा उम्मेदवारको दरखास्त अस्वीकृत भएमा उम्मेदवारले बुझाएको परीक्षा दस्तुर फिर्ता हुनेछ ।
तर नियम २६ बमोजिम दरखास्त रद्द भएमा परीक्षा दस्तुर फिर्ता हुने छैन ।