दफा १३०
दरपीठ आदेश उपर निवेदन दिन सक्ने

(१) दफा १२८ बमोजिम सम्बन्धित अधिकृतले दरपीठ गरेको विषयमा चित्त नबुझ्ने पक्षले दरपीठ भएको मितिले सात दिनभित्रत्यस्तो अदालतको न्यायाधीश समक्ष र न्यायाधीश स्वयंले दरपीठ गरेको भए पुनरावेदन सुन्ने अदालत समक्ष निजलेपेश गरेको लिखत दर्ता गर्ने आदेश माग गरी निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेको मितिले पन्ध्र दिनभित्र दरपीठ गरेको विषय सम्बन्धित अदालतका न्यायाधीशले वापुनरावेदन सुन्ने अदालतले कानून सम्मत भए वा नभएको सम्बन्धमा आदेश दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश दिनु अघि पुनरावेदन सुन्ने अदालतले कैफियत तलब गरी वा नगरी त्यस्तो दरपीठ कानून सम्मतभए वा नभएको सम्बन्धमा सुनुवाई गर्न सक्नेछ र सुनुवाई गर्दा कानून सम्मत भएको नदेखिएमा दरपीठ गरी दर्ता गर्नमाग गरिएको लिखत दर्ता गर्न आदेश दिनेछ ।
(४) उपदफा (३) बमोजिम आदेश भएकोमा त्यस्तो आदेश प्राप्त गरे पछि दरपीठ गर्ने पदाधिकारीले त्यस्तो लिखत सोही दिनदर्ता गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम सुनुवाई गर्दा त्यस्तो दरपीठ कानून सम्मत नै भएको देखिएमा पुनरावेदन सुन्ने अदालतले त्यसकोकारण खुलाई त्यस्तो निवेदन उपरको कारबाही अन्त्य भएको आदेश गर्न सक्नेछ।