दफा ४
दर्ता कार्यालयको स्थापना
(१) यस ऐनबमोजिमको सूचनाहरु दर्ता गर्नको लागि नेपाल सरकारले सुरक्षित कारोबार दर्ता कार्यालय नाम गरेको एउटा दर्ता कार्यालयको स्थापना गर्नेछ ।
(२) उपदफा (१) बमोजिम दर्ता कार्यालयको स्थापना नभएसम्मको लागि नेपाल सरकारले यस ऐनबमोजिम सूचनाहरु दर्ता गर्ने काम गर्नको लागि कुनै कार्यालयलाई तोक्न सक्नेछ ।
(३) दर्ता कार्यालयको काम कारबाहीलाई व्यवस्थित गर्न नेपाल सरकारले कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सोसरहको कर्मचारीलाई रजिष्ट्रारको रुपमा नियुक्ति गर्न वा तोक्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम नियुक्त वा तोकिएको रजिष्ट्रारले यस ऐनबमोजिम तोकिएका काम तथा कर्तव्य पूरा गर्नु पर्नेछ ।