नियम १२
दर्ता स्रेस्ता मिलाउन सक्ने

(१) ऐनको दफा ६घ. बमोजिम साविकको बाटो वा कुलो परिवर्तन भएमा वा सम्बन्धित व्यक्तिले आफ्नो जग्गा छोडी बाटो वा कुलो विस्तार गरेको कारणले साविकको बाटो वा कुलो प्रयोगमा नआउने अवस्था परी साविकको दर्ता स्रेस्तामा ˚रक परी सो सच्याउन चाहेमा सम्बन्धित व्यक्तिले नापी गोश्वारा समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा सम्बन्धित नापी गोश्वाराले सो निवेदन नियम ११ बमोजिमको समितिमा पेश गर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश हुन आएको निवेदन उपर सो समितिले आवश्यक जा“चवुझ गरी सि˚ारिश गरे बमोजिम नापी गोश्वाराले दर्ता स्रेस्ता मिलाउनेछ ।