दफा २५
दर्ताको मान्यता
(१) यस ऐन बमोजिम कुनै एक क्षेत्रमा दर्ता भएको सवारी अर्काे क्षेत्रमा पनि चलाउन सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक क्षेत्रमा दर्ता भएको सवारी लगातार वा पटक पटक गरी एक वर्ष भन्दा बढी कुनै अर्काे क्षेत्रमा चलाउन पाईने छैन ।
तर सरकारी सवारी, संस्थानको सवारी, कूटनीतिक सुविधाप्राप्त सवारी र बाटोको इजाजतपत्र प्राप्त सवारीको हकमा यो बन्देज लागू हुनेछैन ।