दफा २४
दर्ताको मान्यता
दफा २० बमोजिम प्रदान गरिएको दर्ताको प्रमाणपत्र व्यक्तिगत घटना भएको प्रमाण हुनेछ। त्यस्तो प्रमाण कुनै पनि कार्यालय र अदालतमा पेश गर्न तथा वैयक्तिक कारोबारमा प्रयोग गर्न सकिनेछ।

तर कुनै व्यक्तिले झुट्टा विवरण दाखिल गरी दर्ताको प्रमाणपत्र लिएको रहेछ भन्ने कुरा प्रमाणित भएमा स्थानीय अधिकारीबाट त्यस्तो दर्ताको प्रमाणपत्र रद्द हुनेछ।