दफा १४
दर्ताको लागि दरखास्त दिनु पर्ने
: (१) यस ऐन बमोजिम गठन भएका सरकारी संस्थाले दर्ताको लागि दफा ३ बमोजिमका संस्था, दफा ४ बमोजिमको जिल्ला विषयगत सहकारी सङ्घ वा दफा ५ बमोजिमका जिल्ला सहकारी सङ्घ भए रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी समक्ष र दफा ६ बमोजिमको प्रदेश विषयगत सहकारी सङ्घ, दफा ७ बमोजिमको प्रदेश सहकारी सङ्घ, दफा ८ बमोजिमको केन्द्रीय विषयगत सहकारी सङ्घ, दफा ९ बमोजिमको विशिष्टिकृत सहकारी सङ्घ, दफा १० बमोजिमको राष्ट्रिय सहकारी महासङ्घ वा दफा १२ बमोजिमको सहकारी बैङ्क भए रजिष्ट्रार समक्ष तोकिए बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको दरखास्त साथ देहाय बमोजिमका कागजातहरू संलग्न गर्नु पर्नेछ :–
(क) सहकारी संस्थाको प्रस्तावित विनियम,
(ख) सहकारी संस्था सञ्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन,
(ग) सदस्यले लिन स्वीकार गरेको शेयर सङ्ख्या र शेयर रकमको विवरण,
(घ) तोकिए बमोजिमका अन्य विवरण ।
(३) उपदफा (१) बमोजिम सहकारी बैङ्क दर्ताको लागि दरखास्त दिँदा उपदफा (२) मा उल्लिखित कागजातका अतिरिक्त नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति प्राप्‍त गरेको पत्र समेत संलग्न गर्नु पर्नेछ ।