दफा १८
दर्ताको लागि निवेदन
(१) यस ऐन अन्तर्गत अधिवक्तामा दर्ता हुन योग्यता पुगेको व्यक्तिले कानून व्यवसायीमा दरिनको लागि परिषद्ले तोकेको ढाँचामा परिषद्मा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिने व्यक्ति कानून व्यवसायीमा दरिन योग्य देखिएमा परिषद्ले त्यस्तो नेपाली नगरिकलाई कानून व्यवसायीको रुपमा दर्ता गरी तोकिए बमोजिमको ढाँचामा कानून व्यवसायीको प्रमाणपत्र दिनेछ र त्यसको जानकारी सर्वोच्च अदालतलाई समेत दिनेछ ।