नियम २०
दल दर्ता किताब

(१) आयोगले नियम ३ र ५ बमोजिम दर्ता भएका दलको विवरण अनुसूची–१६ बमोजिमको तथा नियम १७ र १८ बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलको विवरण अनुसूची–१७ बमोजिमको दल दर्ता किताबमा अभिलेख गरी राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोगमा रहने दल दर्ता किताबमा रहेको अभिलेख आयोगको सचिवले प्रमाणित गर्नु पर्नेछ ।
(३) आयोगले उपनियम (१) बमोजिमको दल दर्ता किताबको अद्यावधिक अभिलेख क्षेत्रीय निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त अभिलेख सम्बन्धित क्षेत्रीय निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले सुरक्षित रुपमा राख्नु पर्नेछ ।