दफा २०
दलको काम, कर्तव्य र अधिकार
(१) दलले संविधान, यो ऐन तथा प्रचलित कानूनको अधीनमा रही गर्नु पर्ने काम, कर्तव्य र अधिकारको विषयमा सम्बन्धित विधानमा उल्लेख गर्नु पर्नेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी दलले खास गरी देहायका काम गर्न वा गराउन सक्नेछः-
(क) प्रतिस्पर्धात्मक बहुदलीय, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण सम्बन्धी कार्य,
(ख) मुलुकको आर्थिक, सामाजिक वा साँस्कृतिक विकासको नीति, योजना र कार्यक्रम जनसमक्ष ल्याउने,
(ग) राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्न योगदान पुर्याउने,
(घ) राजनीतिक वा नागरिक विकासको उत्प्रेरक प्रतिनिधिको रुपमा जनताको राजनीतिक सचेतना अभिवृद्धि गर्ने,
(ङ) दलीय सहमति र समन्वयको संस्कृतिको विकास गर्ने,
(च) नागरिकका हक, हित र सरोकार पहिचान गर्ने र त्यस्ता हकको प्रचलन, हित तथा सरोकारको सम्बोधन गर्न आवश्यक प्रयास गर्ने,
(छ) सबै किसिमका सामाजिक भेदभाव, हिंसा, छुवाछुत वा विभेदको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्न योगदान पुर्याउने,
(ज) सुशासन पाउने नागरिकको हकलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारी वा गैर सरकारी क्षेत्रमा आवश्यक पहल गर्ने र त्यस प्रयोजनका लागि सरकारी संयन्त्रलाई सहयोग गर्ने,
(झ) लोकतन्त्रको प्रवद्र्धन, विकास वा सुदृढीकरणका लागि अन्य आवश्यक काम गर्ने वा गराउने,
(ञ) सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने,
(ट) स्वयंसेवी भावनाको विकास, सार्वभौमिकताको प्रवद्र्धन, मानव अधिकार, सामाजिक न्याय, शान्ति र अहिंसालाई उत्प्रेरित हुने खालका कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ठ) विपद्जोखिम न्यूनिकरण शिक्षा अभियान सञ्चालन गरी पूर्व तयारी कार्यमा सहयोग पुर्याउने,
(ड) राष्ट्रिय विपत्तिको समयमा खोज, उद्धार, सहयोग, पुनस्र्थापना लगायत अन्य आवश्यक सहयोग गर्ने,
(ढ) आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख भएका काम गर्ने,
(ण) आयोगबाट सञ्चालित कार्यक्रममा सहयोग पुर्याउने ।
(३) दलले उपदफा (१) वा (२) बमोजिमको काम गर्न, कर्तव्य पालना गर्न, अधिकार प्रयोग गर्न वा भूमिका निर्वाह गर्न देहायका काम गर्न सक्नेछः-
(क) आफ्ना नीति, कार्यक्रम, योजना वा रणनीति सार्वजनिक गर्ने वा सो विषयमा प्रचार प्रसार गर्ने,
(ख) प्रचलित कानून बमोजिमआफूसँग सम्बद्ध संस्थाको गठन गर्ने वा गराउने,
(ग) आफ्ना नीति, कार्यक्रम वा योजना कार्यान्वयन गर्न वा गराउन आवश्यकता अनुसार शान्तिपूर्ण जुलुस, आमसभा वा रयाली आयोजना गर्ने,
(घ) आफ्नो उद्देश्य पुरा गर्न अन्य आवश्यक काम गर्ने ।