दफा १२
दलको दर्ता खारेज हुने
(१) कुनै दलले आफ्नो दलको दर्ता खारेज गर्न चाहेमा दर्ता खारेजीको लागि विधान बमोजिम केन्द्रीय समितिबाट निर्णय गरी आयोग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएमा आयोगले तोकिए बमोजिम अध्ययन र जाँचबुझ गरी त्यस्तो दलको दर्ता खारेज गर्नेछ ।
(३) दलले दफा २१ को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ), (ञ), (ट) वा (ठ) बमोजिमको काम गरेमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम दल दर्ता खारेज गर्नु अघि आयोगले त्यस्तो दललाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम सफाई पेश नगरेमा वा पेश गरेको सफाई सन्तोषजनक नभएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्ने निर्णय गरी त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन
गर्नेछ ।
(६) यस दफा बमोजिम दर्ता खारेज भएको दलको नाम, झण्डा र चिन्ह उपदफा (५) बमोजिम निर्णय भएको मितिले एक वर्षसम्म अन्य कुनै दललाई प्रदान गरिने छैन ।
(७) यस दफा बमोजिम खारेज भएको दलको सम्पत्ति त्यस्तो दलको विधानमा अन्यथा उल्लेख भएकोमा बाहेक नेपाल सरकारको हुनेछ ।