दफा २१
दलले गर्न नहुने काम
दलले देहायको कुनै पनि काम गर्न वा गराउन सक्ने छैनः-
(क) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने,
(ख) राष्ट्रको विरुद्ध जासुसी गर्ने, गराउने,
(ग) राष्ट्रिय गोपनीयता भङ्ग गर्ने,
(घ) नेपालको सुरक्षामा आँच पुर्याउने गरी कुनै विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्ने,
(ङ) राज्यद्रोह गर्ने,
(च) सङ्घीय इकाईबीचको सु–सम्बन्धमा खलल पार्ने,
(छ) जातीय वा साम्प्रदायिक विद्वेष पैmलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने,
(ज) दलको सदस्यता प्राप्त गर्न नेपाली नागरिकलाई जाति, भाषा, धर्म, सम्प्रदाय वा लिङ्गको आधारमा बन्देज लगाउने वा कुनै जाति, भाषा, धर्म, सम्प्रदाय वा लिङ्गको व्यक्तिलाई मात्र सदस्यता प्रदान गर्ने,
(झ) नागरिकहरुबीच विभेद गर्ने,
(ञ) हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने,
(ट) सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य गर्ने,
(ठ) खुकुरी, भाला लगायतका हातहतियार वा विष्फोटक पदार्थ वा लाठी, भाटा लिई प्रदर्शन गरी जुलुस, आमसभा गर्ने वा विरोध प्रदर्शन गर्ने,
(ड) अधिकार प्राप्त अधिकारीको पूर्व स्वीकृति बिना कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण गर्ने, गराउने,
(ढ) सरकारी, सार्वजनिक, सामुदायिक वा निजी सम्पत्तिको तोडफोड, हानि नोक्सानी वा क्षति पुर्याउने, पुर्याउन लगाउने,
(ण) सर्वसाधारणलाई असुविधा हुने गरी सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने,
(त) राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्ने,
(थ) प्रचलित कानून बमोजिम दलले गर्न नहुने अन्य कुनै काम गर्ने, गराउने ।