नियम २४
दलसँग परामर्श सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ४७ को उपदफा (१) मा उल्लिखित विषयका अतिरिक्त आयोगले दलहरुसँग देहायका विषयमा समय–समयमा परामर्श, अन्तरक्रिया तथा छलफलको लागि राजनीतिक परामर्श बैठक आयोजना गर्न सक्नेछ ः-
(क) मतदाता नामावली सङ्कलन,
(ख) निर्वाचन आचार संहिता,
(ग) मतदानको माध्यम र प्रकृया,
(घ) निर्वाचन वा जनमत सङ्ग्रह,
(ङ) निर्वाचन खर्च,
(च) मतदाता शिक्षा,
(छ) निर्वाचन सुरक्षा,
(ज) दलको दायित्व तथा दल व्यवस्थापन,
(झ) आयोगले आवश्यक ठानेका अन्य विषय ।
(२) आयोगले ऐन तथा यस नियमावली बमोजिम दलसँग परामर्श गर्दा प्रदेश वा स्थानीयस्तरमा समेत गर्न सक्नेछ ।