दफा २३९
दाखिल, खारेज, नामसारी गर्ने कार्यविधि

(१) फैसला बमोजिम दाखिल खारेज, नामसारी गर्ने सिलसिलामा त्यस्तो गरी लिने पक्ष दफा २३५ बमोजिम तारिखमा रहेमाअदालतलेपैmसला कार्यान्वयन गर्ने प्रयोजनको लागि दाखिल, खारेज, नामसारी गरी दिने कार्यालयका नाममा त्यसको विवरणकोव्यहोरा लेखी पक्षलाई समेत सोही कार्यालयमा एक्काईस दिनभित्र हाजिर हुन पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अदालतबाट लेखी आएमा र सम्बन्धित पक्ष कार्यालयमा हाजिर भएमा त्यस्तो कार्यालयले पनि फैसलाबमोजिम तीन दिनभित्र दाखिल, खारेज, नामसारी गरिदिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको म्याद नाघेपछि कुनै पक्ष दाखिल, खारेज, नामसारीको लागि सम्बन्धित कार्यालयमा हाजिर भएमात्यस्तो कार्यालयले प्रत्येक वर्षको लागि पाँच सय रुपैयाँ दस्तुर लिई फैसला बमोजिम दाखिल, खारेज, नामसारीगरीदिनु पर्नेछ ।