नियम १२
दामासाही प्रशासन कार्यालयको अन्य काम, कर्तव्य र अधिकार

ऐनको दफा ६५ मा उल्लिखित काम, कर्तव्य अधिकारको अतिरिक्त दामासाही प्रशासन कार्यालयको अन्य काम, कर्तव्य अधिकार देहाय बमोजिम हुनेछ :–
() इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्र अनुसारको काम नगरेको देखेमा इजाजतपत्र निलम्बन वा बदर गर्न अदालत समक्ष प्रतिवेदन गर्ने,
() इजाजतपत्र प्राप्त व्यक्तिको इजाजतपत्र निलम्बन, बदर वा खारेज भएको अद्यावधिक अभिलेख राख्ने