नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले दामासाही सम्बन्धी ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “दामासाही सम्बन्धी व्यवसाय” भन्नाले दामासाही सम्बन्धी कारबाही गर्ने सिलसिलामा जाँचबुझ अधिकारी, पुनर्सरचना व्यवस्थापक वा लिक्वेडर भई सञ्चालन गरिने व्यवसाय सम्झनु पर्छ ।
(ग) “इजाजतपत्र” भन्नाले दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्न नियम १० बमोजिम दिइएको इजाजतपत्र सम्झनु पर्छ ।