दफा ४२
दायित्वभन्दा सम्पत्ति बढी हुनु पर्ने
(१) बीमकको कूल सम्पत्ति कूल दायित्वभन्दा बढी हुनु पर्नेछ।

(२) उपदफा (१) को प्रयोजनको लागि कुनै पनि बीमकको कुल सम्पत्ति र कुल दायित्वको अनुपात (सोल्भेन्सी मार्जिन) प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ ।

(३) यो ऐन प्रारम्भ हुँदाका बखत बीमा व्यवसाय गर्दै आएका बीमक वा विदेशी बीमा कम्पनीका शाखा कार्यालयले प्राधिकरणले तोके बमोजिमको अवधिभित्र उपदफा (२) बमोजिम सम्पत्ति र दायित्वको अनुपात (सोल्भेन्सी मार्जिन) कायम गर्नु पर्नेछ। (४) यस दफाको प्रयोजनको लागि बीमकको कुल

सम्पत्ति तथा दायित्वको मूल्याङ्कन तोकिए बमोजिम गरिनेछ।