दफा
दीर्घकालीन सोच र लक्ष्य

२. दीर्घकालीन सोच र लक्ष्य

(१) दीर्घकालीन सोचः

सबैका लागि खेलकुदको माध्यमबाट स्वस्थ र तन्दुरुस्त, अनुशासित जनशक्ति तयार गर्नु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरेर मुलुकको प्रतिष्ठा अभिवृद्वि गरी खेलकुद क्षेत्रमा नेपाललाई सशक्त राष्ट्रको रूपमा स्थापित गर्नु यस राष्ट्रिय खेलकुद नीतिको दीर्घकालीन सोच हुनेछ ।

(२) लक्ष्यः

(क) सुस्वास्थ्य र तन्दुरुस्तीका लागि सबै उमेर समूहका व्यक्तिलाई खेलकुदमा व्यापक सहभागिताका निमित्त प्रोत्साहित गर्ने,
(ख) खेलाडीहरूलाई पर्याप्त अनुभव र अवसर प्रदान गर्न स्थानीय स्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म खेलकुदका कार्यक्रमहरू व्यापक रूपमा आयोजना गर्ने,
(ग) अन्तर्राष्ट्रिय खेलहरूमा नेपालले उत्कृष्ट नतीजा तथा उपलब्धि हासिल गर्ने अभियानमा खेलप्रेमी लगायत सबैको सहभागिता अभिवृद्धि गर्ने ।