४. नीतिहरू
राष्ट्रिय खेलकुद नीतिले लिएका उद्देश्यहरू हासिल गर्न देहाय बमोजिमका नीतिहरू अख्तियार गरिनेछ
(१) सबैको लागि खेलकुदको अवधारणा अनुरूप खेलकुद क्षेत्रलाई अनुशासित, मर्यादित एवं सुव्यवस्थित बनाउ“दै राष्ट्रिय विकासको महत्वपूर्ण पक्षको रूपमा स्थापित गरिनेछ ।
(२) मुलुकमा भै रहेको खेलकुदका भौतिक पूर्वाधारको संरक्षण, संवद्र्धन तथा विकास गरी नया“ पूर्वाधारको निर्माण एवं ग्रामीण भौतिक पूर्वाधारको विकास र विस्तारमा दातृ निकाय तथा स्थानीय निकायका स्रोत परिचालन गरिनेछ ।
(३) खेलकुदका भौतिक संरचना तथा पूर्वाधारहरूलाई अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा विधिबमोजिम परिमार्जन गरिनेछ ।
(४) प्रतिभाशाली खेलाडीहरूको खोजी गर्नुका साथै खेलाडीहरूको विकासका लागि स्थानीय र राष्ट्रियस्तरमा खेलकुद प्रशिक्षण तथा प्रतियोगिताहरू आयोजना गरिनेछ ।
(५) खेल क्षेत्रमा महिलाहरूको सहभागितालाई सुनिश्चित र मर्यादित बनाउन महिलाहरूको सहभागिता रहने खेलहरूलाई व्यवस्थित तथा व्यवहारिक बनाइने छ ।
(६) खेलकुद क्षेत्रलाई जनजीवनको अभिन्न अंगको रूपमा विकास र विस्तार गर्न विद्यालय तथा विश्वविद्यालय, परम्परागत तथा ग्रामिण, साहसिक तथा पर्यटकीय, स्थानीय तथा प्रादेशिक, सार्वजनिक संस्था, सरकारी विभागीय निकाय तथा कर्मचारी लगायतका क्षेत्र र स्तरमा खेलकुदका कार्यक्रम तथा प्रतियोगिताहरू सञ्चालन गर्न पे्ररित गरिनेछ ।
(७) राष्ट्रको खेलक्षेत्रको विकास र विस्तारमा योगदान पु¥याउने राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा खेलकुदस“ग सम्वन्धित व्यक्तित्वहरूलाई निश्चित मापदण्डका आधारमा सम्मान तथा पुरस्कारको व्यवस्था मिलाइनेछ ।
(८) विशेष तथा पारा खेलकुदहरूको विकास र विस्तारमा जोड दिइनुका साथै असक्त तथा अपांगहरूको आवश्यकता र रुचि अनुसारका खेलकुदहरूमा उनीहरूको सहभागितालाई प्रोत्साहित गरिनेछ ।
(९) व्यवसायिक सीप र दक्षता हासिल गर्न सक्ने गरी खेलाडी तथा प्रशिक्षकहरूका लागि रोजगारीको सुनिश्चितता दिने कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
(१०) खेलकुदको क्षेत्रमा प्रतिवन्धित औषधि सेवन विरुद्धको चेतना अभिबृद्धि गराई प्रतिवन्धित औषधिमुक्त स्वच्छ खेल वातावरणको निर्माण गरिनेछ ।
(११) विभिन्न खेलको प्रकृति र प्रगति, लोकप्रियता, संभाव्यता, सफलताका सम्भावनाहरूका आधारमा खेलहरूको बर्गीकरण र प्राथमिकीकरण गरी उपलब्ध स्रोत र साधनको परिचालन प्रतिफलमूलक बनाइनेछ ।
(१२) बाह्रै महिना खेलकुदको लागि मौसम अनुकूल रहने हाम्रो भौगोलिक अवस्थाको लाभ लिन सकिने गरी नेपाललाई खेलकुदको थलोको रूपमा विकास गर्ने नीति लिइनेछ ।
(१३) खेलकुदको विकास र विस्तारका लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संस्थाहरूको एकीकृत समन्वय र सहकार्य गर्ने दृष्टिकोणले खेलकुदको संस्थागत संरचनामा समय सापेक्ष परिमार्जन गरिनेछ ।
(१४) अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना तथा सहभागिताको उपयुक्त मापदण्ड तयार गरी निश्चित कार्यविधिका आधारमा आयोजना तथा सहभागिताको व्यवस्था मिलाइनेछ ।
(१५) खेलकुदमा प्राप्त हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोग तथा त्यस को उपयोग सम्वन्धी सबै काम कारवाहीलाई पारदर्शी बनाईनेछ ।
(१६) खेलकुदस“ग सम्वद्ध विभिन्न निकायहरूका वीच समन्वय कायम गरी खेलकुद सम्वन्धी कार्यहरूमा तत् निकायहरूको काम कारवाहीलाई परिभाषित गरिनेछ ।