नियम ७९
दुर्गम क्षेत्र हवाई सेवा कोषको स्थापना र सञ्चालन सम्बन्धी व्यवस्था
ः
(१) सडक यातायात नपुगेका दुर्गम क्षेत्रका नेपाल सरकारले तोकिदिएको विमानस्थलमा नेपाल सरकारले निर्धारण गरिदिएको कम मूल्यमा उडान गर्ने वायुयान उडान गर्दा कमी हुन आउने रकम मध्ये केही रकम अनुदान दिने प्रयोजनको लागि नेपाल सरकारले दुर्गम क्षेत्र हवाई सेवा कोषको स्थापना गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कोष स्थापना भएमा आन्तरिक उडानको सेक्टरमा विदेशी पर्यटकसँग नेपाल सरकारले तोकिदिएको पर्यटक भाडा (डलर फियर) लिई उडान सञ्चालन गर्ने वायुसेवाले देहाय बमोजिमको रकम उक्त कोषमा जम्मा गर्नु पर्नेछस
(क) पर्वतीय उडानको प्रति विदेशी पर्यटक यात्रु – अमेरिकी डलर चारका दरले,
(ख) अन्य सेक्टरको उडानको प्रति विदेशी पर्यटक यात्रु – अमेरिकी डलर दुईका दरले,
(ग) चार्टर गर्ने हेलिकप्टर लगायतका वायुयानले चार्टर पार्टीबाट प्राप्त गर्ने भाडा रकमको दुई प्रतिशतका दरले ।
(३) उपनियम (२) बमोजिमको रकम उडान भएको मितिले एक्काइस दिनभित्र जम्मा गरिसक्नु पर्नेछ । सो मितिदेखि थप तीस दिनसम्म जम्मा गर्ने वायुसेवालाई दश प्रतिशत जरिवाना लाग्नेछ र उक्त मिति भित्र जम्मा नगर्ने वायुसेवाको वायुसेव सञ्चालन अनुमति तथा प्रमाणपत्र निलम्वन गरिनेछ ।
(४) यस नियम बमोजिमको कोषको सञ्चालन नेपाल सरकारले तोकिदिएको कार्यविधि अन्तर्गत रही प्राधिकरणले गर्नेछ ।