दफा ११
दूर सञ्चार पूर्वाधार
१२.११.१ ग्रामीण दूर सञ्चार विकास कोष (Rural Telecom Development Fund) को अधिकतम परिचालन गरी फाइबर अप्टिक तथा तार विहीन (Wireless) प्रविधिमा आधारित मेरुदण्डिय पूर्वाधार (Back Haul) देशव्यापी रुपमा विकास गरिनेछ ।
१२.११.२ क्षेत्रिय तथा अन्तर्राष्ट्रिय आवद्धता (Connectivity) सहित सार्वजनिक निजी साझेदारी तथा अन्य व्यवस्था मार्फत द्रुततर गतिको भरपर्दो दूरसञ्चार मेरुदण्डिय पूर्वाधार निर्माण गरीने छ ।
१२.११.३ इजाजत व्यवस्था प्रारुप अन्तरगत भौतिक पूर्वाधारको साझा प्रयोग, नेटवर्क अन्तरआवद्धता (Interconnection) तथा सेवा शुल्क निर्धारण लगायतका विषयहरुमा बजारमा आधारित निर्देशिका (Market Based Guidelinces) बनाई लागू गरिनेछ ।
१२.११.४ सासेक (SASEC) तथा एशियाली सूचना राजमार्ग (Asian Information Superhighway) लगायतका क्षेत्रिय तथा अन्तराष्ट्रिय दूर सञ्चार विकास परियोजनाहरुमा नेपालको अर्थपूर्ण सहभागिता तथा ती आयोजनाहरुको नेपालको तर्फवाट प्रभावकारी कार्यान्वयन गरिनेछ ।
१२.११.५ सडक, विद्युत तथा रेल्वे पूर्वाधारका परियोजनाहरु डिजाइनमा सरोकारवालाहरु संगको सहकार्यमा सूचना तथा सञ्चार प्रविधि पूर्वाधारको प्रावधान समेत समावेश गरिनेछ ।
१२.११.६ अन्तर्राष्ट्रिय पियरिङ बिन्दुहरु (International Peering Points) मार्फत हुने इन्टरनेट प्रयोगमा व्ययभार कम गर्न तथा सम्भावित सुरक्षा जोखिम (Security Risk) न्यून गर्न स्थानीय पियरिङ बिन्दु अथवा स्थानीय एक्सचेन्ज (Local Peering Point and Local Exchange) को प्रयोग तथा प्रभावकारिता प्रवर्द्धन गरिनेछ ।
१२.११.७ दूर सञ्चार पूर्वाधार विस्तारलाई सहजीकरण गर्ने लक्ष्य अनुरुप पूर्वाधार स्थलको अधिकार (Right of Way) सुनिश्चित गर्न अवलम्वन गर्नु पर्ने प्रशासनिक प्रक्रिया सरल तथा चुस्त बनाउन नियामक प्रावधानहरु परिमार्जन गर्दै अन्य आवश्यक उपायहरु अवलम्वन गरिनेछ ।
१२.११.८ सक्रिय तथा निष्क्रिय पूर्वाधार (Active & Passive Infrastructure) को साझा प्रयोग प्रवर्द्धन गर्न आवश्यक नियामक व्यवस्था तथा निर्देशिकाहरु तर्जूमा गरी लागू गरिनेछ ।
१२.११.९ मोबाइल ब्रोडब्याण्ड सेवा विस्तार गर्न आवश्यक लागत मितव्यी Back Haul सेवा तथा तीव्र गतिको डिजिटल माइक्रोवेव सञ्चार Digital Microwave Communication) का लागि फ्रिक्वेन्सी स्पेक्ट्रम व्यवस्थापन गर्ने प्रभावकारी नियमन तथा अन्य व्यवस्था मिलाइनेछ ।
१२.११.१० स्मार्ट सिटीको अबधारणा क्रमशः कार्यान्वयनमा लगिने छ। यसका लागि शुरुमा केही शहरहरू पहिचान गरी स्मार्ट सिटीका रुपमा विकास गरिनेछ। सोही अनुभवका आधारमा अन्य शहरहरूलाई पनि समयबद्ध रुपमा स्मार्ट सिटीका रुपमा विकास गरिनेछ।
१२.११.११ नेपाललाई उपलब्ध अर्बिटल स्लट (Orbital Slot) उपयोग गर्ने सम्बन्धमा सम्भाब्यता अध्ययन गरीने छ।