दफा ३
देवघाट क्षेत्र विकास समितिको गठन
(१) देवघाट क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र साँस्कृतिक विकास गर्न देवघाट क्षेत्र विकास समिति नामको एउटा समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरू रहनेछन् ः–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) देवघाट क्षेत्रसंग सम्बन्धित तनहुँ, चितवन र नवलपरासी जिल्लाका सांसद सदस्यहरू – सदस्य
(ग) सभापति, चितवन जिल्ला विकास समिति – सदस्य
(घ) सभापति, तनहुँ जिल्ला विकास समिति – सदस्य
(ङ) सभापति, नवलपरासी जिल्ला विकास समिति – सदस्य
(च) प्रमुख, भरतपुर नगरपालिका – सदस्य
(छ) अध्यक्ष, देवघाट गाउँ विकास समिति, तनहुँ – सदस्य
(ज) अध्यक्ष, गैंडाकोट गाउँ विकास समिति नवलपरासी – सदस्य
(झ) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, चितवन – सदस्य
(ञ) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, तनहुँ – सदस्य
(ट) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, नवलपरासी – सदस्य
(ठ) प्रमुख, मालपोत कार्यालय, तनहुँ – सदस्य
(ड) जिल्ला प्रमुख, भवन कार्यालय, चितवन – सदस्य
(ढ) जिल्ला वन अधिकृत, जिल्ला वन कार्यालय, नवलपरासी – सदस्य
(ण) प्रतिनिधि, शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय – सदस्य
(त) प्रतिनिधि, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
(थ) देवघाट क्षेत्रसंग सम्बन्धित जिल्लाका समाजसेवी, बुद्धिजीवी तथा स्थानीय प्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको प्रत्येक जिल्लाबाट दुई जनाको दरले छ जना व्यक्ति – सदस्य
(द) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) अध्यक्ष तथा मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ र निजहरू पुन मनोनीत हुन सक्नेछन् ।
(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(५) समितिको मुख्य कार्यालय तनहुँको देवघाटमा रहनेछ र आवश्यकता अनुसार अन्य स्थानमा पनि सम्पर्क कार्यालय खोल्न सकिनेछ ।