नियम
दोस्रो पटक सूचना प्रकाशन गर्नुपर्ने
(१) नियम ४ बमोजिम जग्गा नाप  हुँदा जग्गा दर्ता गराउन उपस्थित नहुने वा प्रतिनिधि पनि नपठाउने जग्गावाला र मोहीलाई नापी टोलीले जग्गा दर्ता गर्न आउनको लागि दर्ता हुन बा“की रहेका कित्ता नम्बर समेत खोली अनुसूची–६ बमोजिमको ढा“चामा दोस्रो पटक पन्ध्र दिने सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र जग्गाधनी वा निजको प्रतिनिधि उपस्थित हुन आएमा हकभोगको प्रमाण र मौजुदा स्रेस्ता समेत भिडाई नापी टोलीले प्रति कित्ता पा“च रुपैया“ जरिवाना गरी सो जग्गा सम्बन्धित व्यक्तिका नाउ“मा क्षेत्रीय कितावमा दर्ता गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम दोस्रो पटक दिइएको म्यादभित्र पनि जग्गा दर्ता गराउन उपस्थित नहुने वा आÇनो प्रतिनिधि पनि नपठाउने जग्गावालाको जग्गा मौजुदा स्रेस्तामा भएको विवरण भिडाई वडा समितिका एकजना प्रतिनिधिको रोहवरमा नापी टोलीले क्षेत्रीय कितावमा दर्ता गरिदिन सक्नेछ ।