दफा ५२
दोहोर्याई मतगणना
(१) कुनै मतदान केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना गरिएको
मतपत्र सिलबन्दी हुनुभन्दा पहिले कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना
प्रतिनिधिले केही वा सबै मतपत्र दोहोर्याई गणना गराई पाउँ भनी तत्काल निर्वाचन अधिकृत समक्ष कारण सहित लिखित निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा निर्वाचन अधिकृतले त्यस्तो निवेदन तत्कालै दर्ता गरी दोहोर्याई मतगणना गर्नु पर्ने देखिएमा दोहोर्याई मतगणना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम दोहोर्याई मतगणना गर्नु नपर्ने भएमा निर्वाचन अधिकृतले सोही व्यहोराको निर्णय गरी त्यस्तो स्थानमा उपस्थित रहेका निज उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई निर्वाचन परिणामको घोषणा गर्नु भन्दा पहिले त्यस्तोनिर्णयको सूचना दिनु पर्नेछ ।