नियम १०
धनादेशको रकम फिर्ता माग्न वा अरुलाई भुक्तानी दिन सकिने

(१) प्रापकलाई धनादेशको भुक्तानी नहुँदै प्रेषकले धनादेशको रकम फिर्ता लिन चाहेमा सो रकम प्रेषकलाई फिर्ता भुक्तानी दिइनेछ ।

तर धनादेश बापत लागेको कमिशन फिर्ता हुनेछैन ।
(२) धनादेशको भुक्तानी नहुँदै प्रेषकले प्रापक फेर्न चाहेमा निजको नया“ प्रापकको नाम, ठेगाना खोली धनादेशको रकम बुझ्ने हुलाक कार्यालयमा आवेदन गर्न सक्नेछ । त्यसरी प्रापक फेर्दा धनादेश बापत लाग्ने कमिसन पुन बुझाउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनी धनादेशको रकम फिर्ता लिन वा प्रापकको सट्टा अर्को व्यक्तिलाई धनादेशको भुक्तानी गराउन आवेदन गरेको ढिलोभई वा अन्य कुनै कारणबाट प्रापकलाई धनादेशको भुक्तानी रोक्का गर्न नसकेमा हुलाक कार्यालय जवाफदेही हुनेछैन ।