नियम
परिभाषा

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
(क) “प्रेषक” भन्नाले धनादेशबाट रकम पठाउने व्यक्ति सम्झनु पर्छ ।
(ख) “प्रापक” भन्नाले धनादेशको रकम भुक्तानी पाउने भनी धनादेशमा उल्लिखित व्यक्ति सम्झनुपर्छ ।
(ग) “महानिर्देशक” भन्नाले हुलाक सेवा विभागको महानिर्देशक सम्झनुपर्छ ।
(घ) “कोष” भन्नाले धनादेश सञ्चालन कोष सम्झनुपर्छ ।

२क. धनादेश सञ्चालन कोषः

(१) धनादेश भुक्तानी दिने प्रयोजनको लागि धनादेश सञ्चालन कोषको स्थापना गरिएकोछ ।
(२) कोषमा देहायका रकमहरू रहनेछन्ः
(क) नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) आन्तरिक तथा वैदेशिक धनादेश कारोबारबाट प्राप्त रकम ।

२ख. कोषको सञ्चालनः

(१) कोषको रकम धनादेश भुक्तानी दिने काममा प्रयोग हुनेछ ।
(२) कोषमा रहने रकमहरू नेपाल राष्ट्र बैंकमा केन्द्रीय खाता खोली जम्मा गरिनेछ ।
(३) उपनियम (२) बमोजिमको कोषको केन्द्रीय खाताको सञ्चालन केन्द्रीय धनादेश कार्यालयको प्रमुख र सोही कार्यालयको वरिष्ठ अधिकृतको संयुक्त दस्तखतबाट हुनेछ ।
(४) उपनियम (२) बमोजिम केन्द्रीय खाता खोली सकेपछि धनादेश भुक्तानी गर्ने हुलाक कार्यालयको लागि सम्बन्धित जिल्लामा नेपाल राष्ट्र बैंकको स्थानीय शाखामा वा अन्य कुनै बैंकमा कोषको नाममा छुट्टाछुट्टै खाता खोलिनेछ ।
(५) उपनियम (४) बमोजिमको खाता सम्बन्धित हुलाक कार्यालयको प्रमुख र लेखामा काम गर्ने वरिष्ठ कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।
(६) गत आर्थिक वर्षको अन्त्यमा बा“की रहेको मौज्दात रकम चालु आर्थिक वर्षको प्रारम्भमा कोषमा जिम्मेवारी सारिनेछ ।

२ग. कोषको रकम अन्य कार्यमा खर्च गर्न नहुनेः कसैले कोषको कुनै रकम धनादेश भुक्तानी दिने कार्यमा बाहेक अन्य कार्यमा प्रयोग गर्न पाउने छैन ।
२घ. निरीक्षणः कोषको रकमको खर्च सम्बन्धी निरीक्षणको व्यवस्था हुलाक सेवा विभागले गर्नेछ ।