नियम ३७
धन्यवादको प्रस्ताव
(१) नियम ३६ बमोजिम राष्ट्रपतिले सम्बोधन गरेपछि बसेको सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधनको एक प्रति टेबुल गर्नेछ । (२) नियम ३६ बमोजिम गरिएको सम्बोधनको लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न कुनै सदस्यले प्रस्ताव पेश गर्न सक्नेछ र त्यस्तो प्रस्तावमा अर्को सदस्यले समर्थन गरेको हुनु पर्नेछ । (३) धन्यवादको प्रस्तावका प्रस्तावक र समर्थकले बोलीसकेपछि अध्यक्षले उक्त प्रस्ताव उपर थप छलफल नगराई निर्णयार्थ प्रस्तुत गर्नेछ । (४) बैठकले पारित गरेको धन्यवादको प्रस्ताव अध्यक्षले राष्ट्रपति समक्ष पेश गर्नेछ ।