नियम ४८
धरौटी जफत हुने
(१) महिला तथा अन्य समूहबाट निर्वाचित हुने सदस्य पदको लागि उम्मेदवार भएको व्यक्तिले निर्वाचनमा खसेको कुल सदर मत मध्ये पहिलो प्राथमिकताको मत  दश प्रतिशतभन्दा कम पाएमा त्यस्तो उम्मेदवारले राखेको धरौटी अध्यादेशको दफा ६३ बमोजिम जफत हुनेछ । (२) दलित तथा अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने सदस्य पदको लागि उम्मेदवार भएको व्यक्तिले निर्वाचनमा खसेको कुल सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाएमा त्यस्तो उम्मेदवारले राखेको धरौटी अध्यादेशको दफा ६३ बमोजिम जफत हुनेछ । (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखएिको भए तापनि निर्वाचित उम्मेदवारको हकमा धरौटी जफत हुने छैन । (४) उपनियम (१) र (२) बमोजिम जफत भएको धरौटी रकम निर्वाचन कार्यालयले सङ्घीय सञ्चित कोषमा दाखिला गरी सोको बैंक भौचर श्रेस्तासाथ राख्नु पर्नेछ ।