दफा ६३
धरौटी जफत हुने
(१) निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशत भन्दा
कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।
तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिम धरौटी जफत हुने अवस्थामा बाहेक अन्य उम्मेदवार र मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएका व्यक्तिले राखेको धरौटी त्यस्तोनिर्वाचन परिणाम घोषणा भएको मितिले नब्बे दिनभित्र सम्बन्धित व्यक्तिले फिर्ता लिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र धरौटी फिर्ता नलिएमा त्यस्तोधरौटीको रकम सञ्चित कोषमा दाखिला हुनेछ ।