नियम १५
धार्मिक कार्यको निमित्त विना मूल्य काठ दाउरा दिन सकिने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कार्य योजनाले तोकेको बार्षिक परिमाणको अधिनमा रही निर्णय कार्य बाहेक परम्परादेखि चलिआएको धार्मिक कामको निमित्त काठ दाउरा माग भएमा नेपाल सरकारले निर्धारण गरिदिए बमोजिमको काठ दाउरा अधिकार प्राप्त अधिकारीले विना मूल्य वितरण गर्न सक्नेछ।