दफा ३७
धार्मिक वन फिर्ता लिन सकिने
(१) दफा ३५ बमोजिम सुम्पिएको धार्मिक वनमा सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले दफा ३६ विपरीतको कार्य गरेमा वा धार्मिक वनमा गर्नु पर्ने कार्य सञ्चालन गर्न नसकेमा वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालन गर्नु पर्ने कुराहरु पालन नगरेमा डिभिजनल वन अधिकृतले त्यस्तो धार्मिक वन फिर्ता लिने निर्णय गर्न सक्नेछ ।
तर धार्मिक वन फिर्ता लिने निर्णय गर्नु अघि सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायलाई आफ्नो सफाई पेश गर्ने मौका दिइनेछ ।
(२) उपदफा (१) बमोजिम डिभिजनल वन अधिकृतले गरेको निर्णय उपर चित्त नबुझ्ने धार्मिक निकाय, समूह वा समुदायले तोकिए बमोजिम क्षेत्रीय वन निर्देशक समक्ष उजूर गर्न सक्नेछ । त्यस्तो उजूरीमा क्षेत्रीय वन निर्देशकले गरेको निर्णय अन्तिम हुनेछ ।