नियम ५५
धार्मिक वनको लागि निवेदन
(१) प्रचलित कानून बमोजिम दर्ता भएको धार्मिक निकाय, समूह वा
समुदायले परम्परागत वा सनातनदेखि चलिआएको धार्मिक कार्यको लागि प्रयोग गरिरहेको वनको
व्यवस्थापन सुनियोजित तवरले गर्न चाहेमा ऐनको दफा ३५ मा उल्लेखित विषयका अतिरिक्त
देहायका विवरणहरु समेत खुलाई कार्ययोजना सहित अनुसूची–२२ बमोजिमको ढाँचामा जिल्ला वन
अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ः–
(क) धार्मिक वनको नाम,
(ख) धार्मिक वनको संरक्षणको लागि अपनाइने व्यवस्थापन सम्बन्धी तरिका,
(ग) धार्मिक वनको वन पैदावार संकलन गर्ने तरिका,
(घ) वृक्षरोपण र वनको सुधार सम्बन्धी तरिका,
(ङ) धार्मिक वनको लागि आवश्यक पर्ने अन्य विवरणहरु ।
(२) जिल्ला वन अधिकृतले उपनियम (१) बमोजिम पर्न आएको निवेदनमा आवश्यक
जाँचबुझ गरी अनुसूची–२३ बमोजिमको प्रमाणपत्र सहित सम्बन्धित धार्मिक निकाय, समूह वा
समुदायलाई धार्मिक वन सुम्पन सक्नेछ ।