दफा ३५
धार्मिक वन
(१) कुनै धार्मिक स्थल वा त्यसको वरिपरीको राष्ट्रिय वनको विकास, संरक्षण र उपयोग गर्न चाहने कुनै धार्मिक निकाय, समूह वा समुदायले त्यस्तो वनको क्षेत्रफल, चार किल्ला, त्यस्तो वनमा गरिने कार्यहरु तथा तोकिए बमोजिमका अन्य विवरणहरु खुलाई डिभिजनल वन अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन पर्न आएमा डिभिजनल वन अधिकृतले आवश्यक जाचबुझ गरी निवेदकले माग गरे बमोजिम वा त्यसमा घटबढ गरी धार्मिक वनको रुपमा त्यस्तो धार्मिक निकाय, समूह वा समुदायलाई सुम्पन सक्नेछ । त्यसरी वन सुम्पदा परम्परागत उपभोक्ताहरुको हक हितमा असर नपर्ने व्यवस्था मिलाउनु पर्नेछ ।