दफा २०
धितोको हक
(१) उपदफा (२) को अधीनमा रही यस ऐनबमोजिम कुनै पनि व्यक्तिले धितोको हक दिन र लिन सकिनेछ । यसरी धितोको हक दिँदा लिँदा कुनै धितोको सम्पत्तिमाथि एकभन्दा बढी व्यक्तिको धितोको हकसमेत सृजना हुने गरी धितोको हक दिन र लिन सकिनेछ । (२) धितो दिने व्यक्तिसँग रहेको उपभोग्य वस्तुमाथि खरिद मूल्यसम्बन्धी धितोको हक (पर्चेज मनी सेक्युरिटी इन्टेस्ट) बाहेकका अन्य धितोको हक सृजना गर्न सकिने छैन । (३) धितोको सम्पत्ति प्रयोग गर्ने, भोग गर्ने बिक्री गर्ने, विनिमय गनेर्, मिश्रित गर्ने वा अन्य कुनै पनि किसिमले हक हस्तान्तरण गर्ने अधिकार धितो दिने व्यक्तिसँग रहेको कारणले मात्र धितोको हक अमान्य भएको मानिने छैन ।