नियम ९९
नक्कल वा फोटो खिच्न दिने
(१) नियम ९७ वा ९८  बमोजिम निवेदन प्राप्त भएमा मिसिल रहेको सम्बन्धित  शाखाले  यथाशीध्र नक्कल सारी, सराई वा फोटोकपी गरी अनुसूची–३ बमोजिमको दस्तुर  निवेदकले दाखिला गरेपछि नक्कल दिनु पर्नेछ ।
(२) कुनै लिखत वा कागजातको फोटो खिच्न माग गरेकोमा उही दिन फोटो खिच्न दिइनेछ ।