नियम ३७
नगद जम्मा गर्ने र त्यसको भरपाई दिने
(१) कारागारमा कैदी वा थुनुवाहरुले सञ्चित
गरी राखेको वा कारखानामा काम गरी कमाएको नगद कारागारभित्र राख्दा चोरी हुन सक्ने हु“दा चाहिएका बखत आवश्यकता अनुसार दिने गरी कारागार कार्यालयको धरौटी खातामा प्रचलित नेपाल कानूनको रीत पुर्‍याइ आम्दानी खर्च गर्न सकिनेछ र सो धरौट राख्न कैदी वा थुनुवालाई धरौटी रहेको अड्ढको रीतपूर्वकको रसीद दिनुपर्छ ।
(२) उपनियम (१) बमोजिम कैदी वा थुनुवाबाट धरौट रहन आएको रुपैया“हरु देहायका कारागारहरुमा जेलरले देहाय बमोजिमको रुपैया“सम्म कार्यालयको तहविलमा मौज्दात राख्न सक्नेछ । सो भन्दा बढी नगद नजिक बैंक वा मालको धरौटी खातामा जम्मा गरिदिनु पर्छ ।
(क) केन्द्रीय कारागारलाई रु. १०००।–
(ख) वीरगन्ज ………… कारागारलाई रु. ५००।–
(ग) विराटनगर……… कारागारलाई रु. ५००।–
(घ) पाल्पा ………… कारागारलाई रु. ५००।–
(ङ) अरु प्रत्येक कारागारलाई रु. १००।–