नियम
व्यवस्था
(१) नेपाल सरकारले चाहिएको ठाउ“मा एउटा कारागारको व्यवस्था गर्नेछ ।यस्तो कारागारमा सो जिल्ला भरका कैदी थुनुवाहरु राखिनेछन् । नेपाल सरकारले सामान्य आदेशद्वारा तोकिदिएका अवस्थामा अन्य जिल्लाहरुको कैदी वा थुनुवा पनि रहन सक्दछ ।
(२) नेपाल सरकारले आवश्यक देखेको ठाउ“मा कारागारको अतिरिक्त छानबिन तथा अनुसन्धान केन्द्रको पनि व्यवस्था गर्न सक्नेछ । छानबिन तथा अनुसन्धान केन्द्रको व्यवस्था भएको ठाउ“मा छानबिन तथा अनुसन्धान केन्द्रमा साधारणतः केवल थुनुवालाई मात्र राखिनेछ ।