नियम १८क
नयाँ राहदानी जारी गर्न सकिने विशेष व्यवस्था

(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले पहिले जारी भएको राहदानीमा उल्लिखित नाम, थर, जन्म मिति वा ठेगानाबाट विदेशमा आफ्नो अभिलेख खडा भइसकेकोमा आफ्नो नागरिकताले प्रमाणपत्रमा उल्लिखित नाम, थर, जन्म मिति वा ठेगाना भन्दा फरक रुपमा राहदानीमा उल्लेख भएमा त्यस्तो सामान्य अक्षर (स्पेलिङ) वा अङ्क नमिलेको भनी कारण खुलाई आवश्यक कागजात सहित नयाँ राहदानी जारी गर्न विभाग, नियोग वा सम्बन्धित जिल्ला प्रशासन कर्याालयमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नियोगले निवेदन सहितको विवरण विभागमा पठाउनु पर्नेछ ।

(३) उपनियम (१) र (२) बमोमिज निवेदन प्राप्त भएमा आवश्यक छानबिन गरी विभागले पुरानो राहदानीको विवरण सच्याई नयाँ राहदानी जारी गर्न सक्नेछ ।

(४) उपनियम (३) बमोजिम नयाँ राहदानी जारी गर्दा अनुसूची–४ बमोजिमको दस्तुर लाग्नेछ ।