(१) एकपटक एउटा राहदानी जारी गरेको राहदानी वाहकलाई निजको नाममा रहेको राहदानी वहाल रहेको अवधिभर अर्को राहदानी जारी गरिने छैन ।
तर, देहायको अवस्थामा नयाँ राहदानी जारी गर्न सकिनेछः–
(क) कूटनीतिक वा विशेष राहदानी बाहकले त्यस्तो राहदानी बाहेक साधारण राहदानी प्राप्त गर्न निवेदन दिएमा,
(ख) साधारण राहदानी बाहकले कूटनीतिक वा विशेष राहदानी प्राप्त गर्न निवेदन दिएमा,
(ग) राहदानी पुरानो भई पढ्न नसकिने भएमा वा च्यातिई झुत्राे भएमा,
(घ) राहदानीको सबै पानाहरू प्रयोग भइसकेमा,
(ङ) राहदानी बहाल रहने अवधि बाँकी हुँदै राहदानी हराएमा सो हराएको राहदानीको विवरण नेपालका कुनै दैनिक पत्रिका मार्फत सार्वजनिक सूचना प्रकाशन भएको मितिले एक हप्ता समाप्त भएपछि स्थानीय प्रहरी कार्यालयबाट राहदानी खोज तलास गर्दा फेला नपरी हराएको पुष्टी हुने गरी जारी गरिएको प्रहरी प्रतिवेदन र दैनिक पत्रिकामा प्रकाशित सूचनाको सक्कल प्रति सहित निवेदन पर्न आएमा,
तर विदेशमा राहदानी हराएको अवस्थामा आफूलाई पायक पर्ने नजिकको नेपाली नियोगमा प्रहरी प्रतिवेदन, हराएको राहदानीको प्रतिलिपि, नागरिकता प्रमाणपत्रका सक्कल र प्रमाणित प्रतिलिपि, नागरिकता प्रमाणपत्रको सक्कल र प्रमाणित प्रति समेत संलग्न गरी तोकिएको दस्तुर सहित निवेदन दिन सकिनेछ ।
(च) साधारण राहदानी वहाल रहने अवधि समाप्त भएमा वा हस्तलिखित राहदानी बुझाई नयां राहदानी लिन निवेदन पर्न आएमा,
(च१) विभागबाट तयार भइसकेको राहदानी सम्बन्धित व्यक्तिलाई वितरण नुहँदै हराएमा,
(छ) नियम १५ को उपनियम (१) को खण्ड (क) को आधारमा प्राप्त गरेको यात्रा अनुमतिपत्र र नियम १६ बमोजिम प्राप्त गरेको अस्थायी राहदानी पेश गरेमा ।
(२) उपनियम (१) बमोजिम नयाँ राहदानी लिँदा नियम ७ बमोजिमको प्रक्रिया पूरा गरेको हुनु पर्नेछ ।
(३) उपनियम (१) को खण्ड (ङ) बमोजिमको अवस्था परी नयाँ राहदानी जारी गर्दा अनुसूची–४ बमोजिमको दस्तुर लाग्नेछ ।