नियम ८क
नवीकरण
(१) यस नियमावली बमोजिम दर्ता भएका प्रत्येक उपभोक्ता संस्थाले आर्थिक वर्ष समाप्त भएको मितिले नब्बे दिनभित्र महालेखा परीक्षकको विभागबाट मान्यता प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई सो को प्रतिवेदन र वार्षिक प्रतिवेदन सलंग्न गरी सम्बन्धित
सिंचाइ कार्यालयमा नवीकरणको लागि दरखास्त दिनु पर्नेछ ।
(२) कुनै कारणबाट उपनियम (१) बमोजिमको म्यादभित्र दरखास्त दिन नसकेमा सो समेत खुलाई एकसय रुपैयां विलम्ब शुल्क समेत सलंग्न गरी थप नब्बे दिनभित्र नवीकरणको लागि दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम दरखास्त पर्न आएमा सम्बन्धित सिंचाइ कार्यालयले सात दिनभित्र नवीकरण गरिदिनु पर्नेछ । नविकरण गर्नु नपर्ने कुनै कारण भएमा सोको लिखित जानकारी सम्बन्धित उपभोक्ता संस्थालाई दिनु पर्नेछ ।