नियम १५
नष्ट गर्ने प्रक्रिया
निरीक्षकले कुनै बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तुको उपचार हुन नसक्ने भई वा अन्य कुनै कारणले ऐन तथा यस नियमावली बमोजिम त्यस्तो वस्तु नष्ट गर्नु पर्ने भएमा देहायको प्रक्रिया
पूरा गरी नष्ट गर्नु पर्नेछः–
(क) नष्ट गर्नु पर्ने वस्तुलाई अन्य संक्रमण हुन नपाउने गरी बेग्लै राख्ने,
(ख) खण्ड (क) बमोजिम राखिएका वस्तुको प्रकृति र परिमाण समेतलाई विचार गरी गाड्नु पर्ने भए आवश्यक रसायनको प्रयोग गर्ने र जलाउनु पर्ने भए उपयुक्त स्थानको व्यवस्था गर्ने,
(ग) खण्ड (ख) बमोजिम गाडिने वस्तु वा जलाईएपछिको खरानीलाई खाड़लमा राखी माटोले पूरी दिने ।