नियम ११
नष्ट गर्ने, सरसफाई तथा नि
सङक्रमणको व्यवस्था: (१) बर्ड फ्लू प्रभावित क्षेत्रभित्र रहेका निःसङ्क्रमण .पश्चात पुनःप्रयोग गर्न सकिने बाहेकका घरपालुवा पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री लगायतका रोग सार्न सक्ने वस्तुहरू मानवीय तवरले ऐनको दफा २८ बमोजिम. नष्ट गर्ने, तह लगाउने, निःसङ्क्रमण गर्ने तथा सरसफाई गरी सुरक्षित रुपमा व्यवस्थापन गर्नु पर्नेछ।
(२) बर्ड फ्लू प्रभावित क्षेत्रमा निःसङ्क्रमण तथा बर्ड फ्लू नियन्त्रणका लागि: खटिने जनशक्ति तथा त्यस क्षेत्रका नागरिकको स्वास्थ्य निगरानीको लागि नियम ५ बमोजिमको बर्ड फ्लू नियन्त्रण समितिले जनस्वास्थ्य टोली खटाउन सक्नेछ।
(३) उपनियम (१) बमोजिम नष्ट गर्दा वा तह लगाउँदा क्षति भएको पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्रीको परिमाण खुल्ने गरी नष्ट गरेको मिति सहितको विवरण विभागले निर्धारण /गरेको ढाँचामा प्रमाणित गरी सोको प्रतिलिपि सम्बन्धित धनीलाई दिनु पर्नेछ।
(४) बर्ड फ्लू प्रभावित क्षेत्र भएर आवतजावत गर्ने पन्छी, पन्छीजन्य उत्पादन तथा उत्पादन सामग्री ओसारपसार सम्बन्धी कार्यमा प्रयोग भएको सवारी साधनलाई त्यस्तो क्षेत्रको सीमानामा निःसङ्क्रमण गरेर मात्र आवतजावत गर्न दिइनेछ। (५) नियम ८ बमोजिम घोषणा गरिएको बर्ड फ्लू प्रभावित क्षेत्रभन्दा बाहिर सोही जिल्लाभित्र वा: सीमाना जोडिएको अन्य जिल्लामा बर्ड फ्लूको सङ्क्रमण (देखा परेमा त्यस्तो स्थानका पन्छी, पन्छीजन्य पदार्थ वा पन्छी उत्पादन सामग्रीलाई समेत ऐनको दफा २८ बमोजिम नष्ट गरी व्यवस्थापन गरिनेछ।
(६) बर्ड फ्लू प्रभावित क्षेत्रबाट पन्छी, पन्छीजन्य पदार्थ वा पन्छी उत्पादन सामग्री बर्ड फ्लू प्रभावित क्षेत्रभन्दा बाहिर लगेको वा ल्याएको प्रमाणित भएमा त्यसरी लगिएको वा ल्याईएको सामग्री र ती सामग्रीसँग प्रत्यक्ष सम्पर्कमा रहेका रोग सार्न सक्ने सम्पूर्ण सामग्रीहरू समेत ऐनको दफा २८ बमोजिम नष्ट गरिनेछ।
(७) कार्यालय प्रमुखले बर्ड फ्ल् प्रभावित क्षेत्रमा बर्ड फ्लू नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सक्नेछ।