दफा २५
नागरिक बडापत्र राख्नु पर्ने
(१) सर्वसाधारणलाई सेवा प्रदान गर्ने वा जनसम्पर्ककायम गर्ने प्रत्येक सरकारी कार्यालयले सबैले देख्ने ठाउँमा तोकिए बमोजिमनागरिक बडापत्र राख्नु पर्नेछ ।
(२) उपदफा(१) बमोजिमको नागरिक बडापत्रमा अन्य कुराको अतिरिक्त
देहायका कुराहरु उल्लेख भएको हुनु पर्नेछः–
(क) सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति,
(ख) सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नु पर्ने कार्यविधि,
(ग) सेवा प्रदान गर्न लाग्ने समयावधि,
(घ) सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण,
(ङ) सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण,
(च) तोकिए बमोजिमका अन्य कुराहरु ।
(३) उपदफा (१) मा उल्लेख भएका कुराहरु सम्बन्धित कार्यालयलाई बाध्यात्मकहुनेछन्
र सो बमोजिम कार्य सम्पादन गरी सर्वसाधारणलाई सेवा प्रदान गर्नुसम्बन्धित कार्यालय प्रमुख तथा अन्य कर्मचारीको कर्तव्य हुनेछ ।
(४) मनासिब कारणबिना उपदफा (१) बमोजिमको नागरिक बडापत्र बमोजिमकार्य सम्पादन नभई सेवाग्राहीले सेवा प्राप्त गर्न नसकेमा सम्बन्धित कार्यालयकोप्रमुख तथा सोको जिम्मेवार कर्मचारीउपर विभागीय कारबाही हुन सक्नेछ ।
(५) मनासिब कारणबिना उपदफा (१) बमोजिमको नागरिक बडापत्र बमोजिमकार्य सम्पादन नभई सेवाग्राहीले सेवा प्राप्त गर्न नसकी सेवाग्राहीलाई कुनै हानिनोक्सानी हुन गएकोमा सो हानि नोक्सानी बापतको क्षतीपूर्ति सम्बन्धी व्यवस्थातोकिए बमोजिम हुनेछ ।
(६) नागरिक बडापत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।