दफा २७
नापतौल
: (१) ठेकेदारले करार क्षेत्रबाट उत्पादन गरेको र बिक्री वा खर्च गरेको पेट्रोलियमको नापतौल लिन आवश्यक उपकरणहरू उपलब्ध गर्ने, जडान गर्ने र नापतौल लिने कार्य गर्नेछ । त्यस्तो उपकरण बदल्न वा मर्मत गर्न आवश्यक वा उपयुक्त देखिएमा ठेकेदारले विभागलाई सूचना दिनेछ ।
(२) नेपाल सरकारले पेट्रोलियमको नापतौल लिने कार्य वा त्यसको निमित्त प्रयोग गरिएको उपकरणहरू आफ्नै खर्च र जोखिममा आफैले वा आफूले छानेको योग्य प्राविधिज्ञबाट कुनै पनि समयमा निरीक्षण गर्न वा गराउन सक्नेछ ।