दफा ५२
नाबालक वा होस ठेगानमा नरहेको व्यक्तिको हदम्याद प्रारम्भ हुने

(१) फिरादपत्र गर्नु पर्ने कुनै व्यक्ति नाबालक भएमा निज बालिग भएको दिनदेखि निजको हकमा हदम्याद प्रारम्भ भएकोमानिनेछ ।
(२) फिराद गर्नु पर्ने व्यक्तिको हदम्याद प्रारम्भ हुनुभन्दा अघि नै होस ठेगानमा नरहेमा निजको होस ठेगानमा आएकोदिनदेखि निजको हकमा हदम्याद प्रारम्भ भएको मानिनेछ ।
(३) हदम्याद प्रारम्भ भएपछि कुनै व्यक्तिको होस ठेगानमा नरहेमा हदम्याद प्रारम्भ र अन्त्य हुँदा जति अवधि निजकोहोसठेगानमा नरहेको अवस्था रहन्छ त्यति नै अवधि गणना गरी हुन आउने हदम्यादको अवधिभित्र फिराद दिएमा हदम्यादभित्र नैफिरादपत्र परेको मानिनेछ ।तर होस ठेगानमा नरहेको व्यक्ति होस ठेगानमा आएपछि बाँकी रहन आउने हदम्यादको अवधि पन्ध्र दिनभन्दा कमहुनेभएमा पन्ध्र दिनको अवधि हदम्याद बाँकी रहेको मानिनेछ ।